अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अछाम-१ मा भीम रावल सर्वसम्मत, क्षेत्र-२ बाट यज्ञ बोगटीको नाम सिफारिस

अछाम-१ मा भीम रावल सर्वसम्मत, क्षेत्र-२ बाट यज्ञ बोगटीको नाम सिफारिस


अछाम – अछामको प्रतिनिधिसभा क्षेत्र-१ बाट डा. भीम रावलको नाम एकल सिफारिस भएको छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि प्रतिनिधिसभा तर्फ रावलको एकल नाम सिफारिस भएको हो।

नेपाली कांग्रेसका भरतकुमार स्वारलाई हराउँदै रावल अघिल्लोपटक निर्वाचित हुनु भएको थियो । रावलले २४ हजार ८८३ मत प्राप्त गर्दा स्वारले १७ हजार ७१९ मत ल्याएका थिए ।

प्रदेश सभाका लागि भने ४-४ जनाको नाम संकलन गरिएको छ । निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ बाट प्रकाश शाह, देवबहादुर कुँवर, देवबहादुर साउँद र सीता कुँवर साथै ‘ख’ बाट कृष्णप्रसाद जैशी, केशरबहादुर साउँद,डीबी साउँद र पद्मा तिमिल्सिना न्यौपाने सिफारिसमा परेका छन् ।

यसैगरी अछाम-२ बाट यज्ञबहादुर बोगटीको नाम एकल रूपमा सिफारिस गरिएको छ । प्रदेशसभातर्फ ‘क’ बाट ७ जना र ‘ख’ बाट ८ जना गरी १५ जनाको नाम सिफारिस गरीएको छ ।

‘क’ बाट प्रत्यक्षतर्फ बम बहादुर बिसी, भीमबहादुर विष्ट, कमल रावल, बलबहादुर कुँवर, नन्द चलाउने, प्रेम खत्री र शिद्धादेवी शाहीको नाम सिफारिस गरिएको छ । यस्तै २ को ‘ख’ बाट शिवप्रसाद उपाध्याय, चन्द्र बोहरा, भीम रावल कालोटोपी, दीपक अधिकारी, भीम जनला, कृष्ण साउँद, लीलाराज केसी र टोपबहादुर शाहीको नाम सिफारिस गरिएको एमालेले जनाएको छ ।