चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन निर्वाचन क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस हुनु भएको छ ।
आज बसेको पार्टीको ३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समिति बैठकले प्रचण्डलाई उम्मेदवार सिफारिस गरिएको हो ।
अध्यक्ष प्रचण्ड यसअघि २०७४ को निर्वाचनमा त्यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। उहाँको नाम यसअघि गोरखा-१ बाट पनि सिफारिस भएको छ। यद्यपि प्रचण्डले आफू चितवन-३ बाटै चुनाव लड्ने स्पष्ट गरिसक्नु भएको छ ।
बैठकले चितवन–३ अन्तर्गतका दुवै प्रदेशसभाका लागि समेत प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गरेको छ।
प्रदेश ३ (क) मा प्रकाश कँडेलसहित तीनजना र ३ (ख) मा गोपाल न्यौपानेसहित ८ जनाको नाम सिफारिस भएको छ।





प्रतिक्रिया