विराटनगर – मोरङ क्षेत्र नं. १ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा ५ जनाको नाम सिफारिस भएको छ ।
मोरङ लेटाङमा बसेको क्षेत्रीय कमिटीको बैठकमा एमाले स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्बाहाङफे, वर्तमान सांसद् घनश्याम खतिवडा, प्रदेश कमिटी सदस्य राजेन्द्र पौडेल, जिल्ला सचिवालय सदस्य अग्नि भट्टराई र उर्लाबारीका सामाजिक अभियन्ता रुदबहादुर तामाङको नाम सिफारिस भएको हो ।
यस्तै प्रतिनिधिसभा सदस्यमा समानुपातिकमा लक्ष्मीदेवी भण्डारी, भुपाल जिमी र डिल्ली खतिवडाको नाम सिफारिस भएको छ।





प्रतिक्रिया