अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सात दिनभित्र मनोरञ्जन कर तिर्न क्यासिनोलाई काठमाडौं महानगरको सूचना

सात दिनभित्र मनोरञ्जन कर तिर्न क्यासिनोलाई काठमाडौं महानगरको सूचना


काठमाडौँ – काठमाडौं महानगरपालिकाले सात दिनभित्र मनोरञ्जन कर बुझाउन भन्दै क्यासिनोहरुलाई निर्देशन दिएको छ । महानगरले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

आर्थिक वर्ष २०७५/७६ देखि महानगरपालिकालाई मनोरञ्जन कर नबुझाई सञ्चालित ७ वटा क्यासिनोलाई आइतबार महानगरले पत्र लेख्दै कर बुझाउन भनेको हो ।

महानगरले तोकिएको अवधिमा कर नबुझाए महानगरपालिकाको राजस्वव ऐन,२०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह वक्यौता कर असुलउपर गरिने पत्रमा उल्लेख छ ।

महानगरका अनुसार डेल्टिन क्यासिनो होटल, म्यारियट, क्यासिनो प्यालेस, अन्नपुर्ण होटल, क्यासिनो याट, र्‍याडिसन होटल, प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रीएसन, हायात होटल, माजोन इन्टरटेनमेन्ट, होटल सोल्टी, बाल्को क्यासिनो, होटल एलफ्ट र बेली क्यासिनो, मल्ल होटलले मनोरञ्जन कर तिरेका छैनन् । 

ती क्यासिनोहरुले पटक-पटक ताकेता गरे पनि मनोरञ्जन कर नबुझाएको महानगरले जनाएको छ । वाग्मती प्रदेशको आर्थिक ऐनले क्यासिनोमा प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था गरेको छ ।