झापा – आगामी मंसीर ४ गते हुने प्रदेशसभाको निर्वाचनका लागि झापा-५ प्रदेशसभा (ख) बाट १० जनाको नाम सिफारिस भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र अन्र्तगतको प्रदेश सभाका लागि ठूलो संख्यामा नाम सिफारिस भएको हो । क्षेत्रीय ईञ्चार्ज होमबहादुर थापासहित इन्द्र भण्डारी, लिला ढुंगेल, नवर्दा गौतम, नारायण गौतम, उर्मिला ओली, अर्जुन राई, बोधप्रसाद घिमिरे, बलराम गजुरेल, कुमार साम्सुहांगको नाम सिफारिस गरिएको छ ।
यस अघि यो क्षेत्रमा एमालेका उम्मेद्वार अर्जुन राईले कांग्रेसका राजन ढुगांनालाई पराजित गरेका थिए । यस्तै आजै झापा क्षेत्र नम्बर ५ कबाट ७ जनाको नाम सिफारिस गरिएको छ ।





प्रतिक्रिया