अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा निर्वाचन : गृहमन्त्री खाण रुपन्देही-३ बाट सिफारिस

प्रतिनिधिसभा निर्वाचन : गृहमन्त्री खाण रुपन्देही-३ बाट सिफारिस


रुपन्देही – नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणको नाम सिफारिस गरेको छ ।

कांग्रेस क्षेत्र नं ३, क्षेत्रीय समितिको आज भैरहवामा बसेको नवौँ नियमित बैठकले गृहमन्त्री खाणको नाम सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गरेको क्षेत्रीय सभापति सुशील गुरुङले जानकारी दिनुभयो । खाणको नाम यसअघि क्षेत्र नं २ बाट पनि सिफारिस भएको थियो ।