अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कैलाली-५ मा प्रतिनिधिसभाका लागि एमालेबाट रानाको एकल नाम, प्रदेशमा को-को ?

कैलाली-५ मा प्रतिनिधिसभाका लागि एमालेबाट रानाको एकल नाम, प्रदेशमा को-को ?


कैलाली – नेकपा एमालेको कैलाली-५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले पार्टी पोलिटब्यूरो सदस्य एवं कैलाली इन्चार्ज नारदमुनी रानालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारको लागि एकल सिफारिस गरेको छ।

आज बसेको एमाले प्रदेश निर्वाचन समन्वय कमिटीको बैठकले एमाले पोलिटब्यूरो सदस्य तथा कैलाली इन्चार्ज रानालाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

अघिल्लो पटक पनि उम्मेदवार बनेका उहाँले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई ५ हजार बढी मतले हराएका थिए । राना २७ हजार २०२ मतसहित विजयी हुँदा राणाले २२ हजार ३२२ मत पाउनु भएको थियो ।

यस्तै, एमालेले प्रदेश सभा (क) मा नेपालु चौधरी, यज्ञराज बास्तोला, राजेश खाती, तुलसी गौतम, विष्णु चन्द र सिताराम बुढाथोकी सिफारिस गरेको छ । त्यस्तै, प्रदेश (ख) मा भने दुर्गा जोशी, विनय शाह, डिल्लीराज जोशी, यज्ञ ढुंगाना, चुडामणी भट्ट र सानु साउँद सिफारिस भएका छन् ।