भद्रपुर- नेकपा एमाले झापाका विभिन्न क्षेत्रीय कमिटीहरुले धमाधम प्रदेशसभाका लागि उम्मेद्वार सिफारिस गरिरहेका छन् । यसैक्रममा क्षेत्र नं ३ को प्रदेश निर्वाचन क्षेत्र क बाट वर्तमान प्रदेश साँसद बषन्त बाँनिया, भद्रपुर नगरपालिकाकी निवर्तमान उपमेयर चन्द्रा श्रेष्ठ र भद्रपुर नगर इन्चार्ज हरी तिम्सिनाको नाम सिफारिस गरिएको क्षेत्रीय कमिटीले जनाएको छ ।
यसैगरी ३ ख बाट केन्द्रीय सदस्य हरी राजवंसी,सोम पोर्तेल,छबी चुडाललाई सिफारिस गरिएको छ । यसैगरी लक्ष्मण पाठक,ललिता बस्नेत र जीवन श्रेष्ठ पनि यसै क्षेत्रबाट उम्मेद्वार सिफारिसमा पर्नु भएको छ ।
संघीय निर्वाचन क्षेत्र नं २ को प्रदेश निर्वाचन क्षेत्र क बाट वर्तमान प्रदेश साँसद एकराज कार्की,बद्री भट्टराई,रोमणी भट्टराई र चन्द्रा सेढाईंको सिफारिस भएको क्षेत्रीय कमिटीले जनाएको छ । यसगरी २ को क बाट पार्टीका प्रदेश कमिटी सचिव चिन्तन पाठक,देवीमाया भट्टराई ,रोहित ढकाल र अर्जुनधाराका निर्वतमान मेयर हरी रानालाई पार्टीले सिफारिस गरेको छ ।





प्रतिक्रिया