अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार सहित एमाले नुवाकोट २ बाट ५ जनाको नाम सिफारिस

पत्रकार सहित एमाले नुवाकोट २ बाट ५ जनाको नाम सिफारिस


नुवाकोट – नेकपा एमाले नुवाकोटले क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभाका लागि पत्रकार माधव तिवारी सहित प्रत्यक्षमा ५ जनाको नाम सिफारिस गरेको छ । आइतबार क्षेत्र नम्बर २ समन्वय कमिटीले प्रतिनिधीसभाका लागि ५ जनाको नाम सिफारिस गरेको हो ।

प्रतिनिधीसभामा हाल सांसद समेत रहेका नारायणप्रसाद खतिवडा, प्रदेश सांसद केशवराज पाण्डे, विष्णु लोहनी, रामशरण प्याकुरेल र माधवप्रसाद तिवारीको नाम सिफारिस गरेको हो ।

यस्तै समानुपातिकतर्फ भने पूर्व मन्त्री समेत रहेका महेन्द्रबहादुर पाण्डे, अजितमान तामाङ, श्रीमाया लामा र दुर्गा वस्ती गरेर ४ जना सिफारिसमा परेका छन् ।