गुल्मी – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी क्षेत्र नं १ मा एकल सिफारिसमा पर्दा क्षेत्र नं २ बाट एमाले सचिव गोकर्ण विष्टसहित तीन जनाको सिफारिस भएको छ ।
उपमहासचिव रहेका सांसद ज्ञवालीलाई पुनः सोही क्षेत्रमा उम्मेदवार बनाउने निर्णय सर्वसम्मत भएको हो ।
गुल्मीको रिडीमा सम्पन्न नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले नेता ज्ञवालीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
क्षेत्र नम्बर २ मा भने पार्टी सचिव गोकर्ण बिष्टका साथै प्रदेश कमिटी सदस्य राजेन्द्र अर्याल र शेषकान्त गौतमसहित तीनजना सिफारिस भएका छन् ।
क्षेत्र नम्बर २ को (क) प्रदेश सदस्य उमेदवारमा पार्टी सचिव गणेश श्रीपाली, रेसुङगा नगरपालिकाका पूर्वमेयर डिल्लिराज भुसाल र मुसिकोटका पूर्वमेयर सोमनाथ सापकोटा, पूर्वउपमेयर सिता भण्डारी, मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्ले सिफारिस भएका छन्।
प्रदेश (ख) मा केन्द्रीय सदस्य, दिनेश पन्थी, अन्य नेताहरुमा जमुना पन्थी, सन्तोष लम्साल, खिमान्नद भण्डारी, लोकबहादुर खत्री र नारायण पोखरेल सिफारिसमा परेका नकपा एमाले गुल्मीले जनाएको छ ।
यहाँबाट नेपाली कांग्रेसले क्षेत्र नं १ मा चन्द्र भण्डारी, युवराज कँडेल, चन्द्र केसी, पारिश्वर ढकाल र २ बाट चन्द्र केसी, त्रैलोक्यप्रताप सेन, दामोदर भुसाल सिफारिस भएका छन् । गठबन्धनमा २ नं क्षेत्रबाट नेकपा एसका सचिव रामकुमारी झाँक्रीको मुख्य दाबी रहेको छ ।
प्रतिक्रिया