कैलाली – नेकपा एमालेले कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा तीनजनाको नाम सिफारिस गरेको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको लागि प्रतिनिधिसभातर्फ तीन र प्रदेशसभा तर्फ ७ जनाको नाम जिल्लामा सिफारिस गरिएको हो । प्रतिनिधि सभातर्फ सिफारिस हुनेमा सम थापा, तपेन्द्र रावल र शिलु खतिवडा (स्वार) रहेका छन् ।
त्यस्तै, प्रदेश (क) मा प्रेम चौधरी, रवीन्द्र, भावना बिक, डिल्ली राज जोशी र भोजराज शर्मा तथा प्रदेश (ख) मा द्वारिका न्यौपाने, दीपक रावल र भावना रतन रहेका छन् ।





प्रतिक्रिया