अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनमा सिट बाँडफाँडमा झमेला,शिर्षबाट कार्यदलतिरै फर्कियो बाँडफाँड

गठबन्धनमा सिट बाँडफाँडमा झमेला,शिर्षबाट कार्यदलतिरै फर्कियो बाँडफाँड


काठमाडौ- सत्ता गठबन्धनको कार्यदल बैठक आज बस्दै छ । आगामी संसदीय निर्वाचनका लागि गठबन्धन दलबीच सिट बाँडफाँटको जिम्मा पाएको कार्यदलको बैठक आज बस्न लागेको हो ।

कार्यदलको बैठक दिउँसो १ बजेका लागि डाकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । कार्यदलको बैठक आइतबार ९ पनि बसेको थियो । तर, लगातार बैठकहरु बसे पनि कार्यदलले कुनै ठोस सहमतिको खाका तयार गर्न सकेको छैन ।

गठबन्धनमा रहेका दलहरुले आफ्नो दाबी नछाडेपछि कार्यदलले सिट बाँडफाँट टुंगोमा पुर्याउन नसकेको हो । कार्यदलले सबैलाई न्यायोचित हुनेगरी सिटको प्रस्ताव गरेर शीर्ष नेताहरु प्रतिवेदन बुझाउने तयारी गरेको छ ।