अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२०७० मा विश्वप्रकाशलाई हराएका रविन झापा १ बाट सर्वसम्मत

२०७० मा विश्वप्रकाशलाई हराएका रविन झापा १ बाट सर्वसम्मत


झापा -नेकपा एमालेले झापा क्षेत्र नं १ बाट विश्वप्रकाश शर्मालाई हराएका रविन कोइरालालाई संघीय साँसदका लागि सर्वसम्मत सिफारिस गरेको छ ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं प्रेस चौतारी झापाका इन्चार्ज मोहनकाजीका अनुसार संघीय साँसदका लागि आकांक्षीहरुको नाम संकलन गर्दा कोइराला बाहेक कसैले पनि आफूलाई प्रस्ताव गरेनन् । कोइरालालाई सबैले तालि बजाएर समर्थन गरेका छन् ।
कोइरालाले २०७० सालको संविधानसभा निर्वाचनमा काँग्रेसका विश्वप्रकाश शर्मालाई पराजित गर्नुभएको थियो । कोइराला पार्टीका केन्द्रीय सदस्य र झापाका सहइन्चार्ज हुनुहुन्छ ।