अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सडकमा जाने प्रचण्ड उद्घोष : चुनाव अघि नै हारको मानसिकता

सडकमा जाने प्रचण्ड उद्घोष : चुनाव अघि नै हारको मानसिकता


काठमाडौं – नेपाली राजनीति अहिले एमाले एकातिर गठबन्धनका पाँच शक्ति अर्कोतिर धु्रविकृत छ । नेपाली जनतामा आशाका मुहार एमालेतिर छन् । कांग्रेस-माओवादी वा मधेस केन्द्रीत दल एमालेको विकल्प होइनन् हुन सक्दैनन् भन्ने कुरा स्थानीय तहको निर्वाचनले पनि पुष्टि गरेको छ । त्यसैले नेपालमा अहिले चार दल, पाँच दल होइन दुई दल छन् । ती एमाले र गठबन्धन हुन् । एमालेसँग प्रतिष्पर्धा गर्न कांग्रेस एक्लै तयार छैन, माओवादी तयार छैन,मधेस केन्द्रीत दल तयार छैनन् । अरुको त के कुरा ।

एमालेसँग किन डराउछन् त आफूलाई प्रतिष्पर्धी भन्ने दलहरू ? त्यसको कारण छ कि एमाले विचारमा स्पष्ट छ । राष्ट्र, राष्ट्रियता र जनताको बहुदलीय जनवाद एमालेसँग छन् । र, ती सबैको नेतृत्व गर्न सक्ने नेता केपी शर्मा ओली एमालेको अध्यक्ष हुनुहुन्छ । चियाचौतारी वा पसल बजार जतासुकै पनि आम मान्छेले गरेका अनौपचारिक कुराकानीमा तपाईं सामेल हुनुभयो वा स्रोताकै रूपमा रहनु भयो भने पनि सबैले आशा गरेका नेता ओली नै हुनुहुन्छ । भलौ मानिसरूरुले केही आलोचना गर्लान् । आलोचना बिनाको मानिस पनि हुन सक्दैन । तर फेरि पनि आलोचना वा गालीका बाबजुत पनि नेपालीको भरोसा केपी ओलीसँगै छ । अहिले देशमा महंगी चुलिएको छ । विकास निर्माण ठप्प छ । भ्रष्टाचार देखादेखी भएको छ । तथापि, जनताहरू सरकारसँग गुनासो गरिरहेका छैनन् । के यो रामराज्य हो त ? अवश्य होइन । गठबन्धन सरकारले जनताका कुनै पनि समस्यालाई सम्बोधन गर्न सक्दैनन । परमादेशबाट बनेको सरकार भएकोले जनताप्रति उतरादायी नभएर अन्य कतैतिर उतरदायी भएको बुुझ्न मुश्किल छैन । यसका साझेदारहरूका गतिविधि, उनीहरूका अभिव्यक्तिले जनतासँग उनीहरूको दायित्वलाई क्रमश कटौती गरेको देखिन्छ नै।

तर अब परमादेशलाई विस्थापन गर्ने दिन दिन धेरै पर छैन । आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनबाट परमादेशीको विदाइ र जनादेशीको स्वागत जनताले गर्ने छन् । परमादेशीहरू विदाइ हुँदैछन् भन्ने कुराको समझ उनीहरू आफैंले अभिव्यक्त गरिसकेका छन् । गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हिजोको अभिव्यक्ती सुन्ने हो भने पनि उनी सत्तामा हैन चुनावपछि आफूलाई सडकमा पुगेको कल्पना अहिले नै गर्दैछन् । निर्वाचनको परिणामले आफ्ना कार्यकर्तामा आउन सक्ने चरम निराशालाई अहिले देखि नै व्यवस्थापन गर्न प्रचण्ड चुनावपछि सडकमा जाने कामको नेतृत्व आफैंले गर्ने घोषणा गरिरहेका छन् । प्रचण्डले जनतालाई फेरि एकपटक यो व्यवस्थलाई दोष दिंदै यसलाई बदल्न जनतालाई उर्दी गर्ने छाँट ल्याउदैछन् । तर स्मरणीय कुरा के हो भने प्रचण्डले फाल्ने फण्डा जनतालाई नौलो छैन अब । उनले ल्याएका योजना, विचार र नीतिहरू असम्भव कामका पोका हुन् भन्ने कुरा सबैले बुझिसकेका छन् । त्यसैले प्रचण्डको सडक यात्रालाई अब कसैले पनि साथ दिंदैनन् । उनको सत्ता यात्रा त अब धेरै टाढाको कुरा भएको छ ।