सर्लाही – नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम सर्लाही क्षेत्र नम्बर ४ बाट पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएको छ।
आइतबार बसेको क्षेत्रीय भेलाले महामन्त्री थापाको नाम सर्वसम्मत रुपमा निर्णय गरी एकल सिफारिस गर्ने निर्णय गरेको हो ।
महामन्त्री थापाको नाम यसअघि कास्कीबाट पनि सिफारिस भएको थियो। तर थापाले आफूप्रति शुभेच्छा राखेकोमा धन्यवाद दिँदै काठमाडौं ४ बाटै चुनाव लड्ने बताउनु भएको थियो ।
सर्लाही ४ बाट प्रदेशसभातर्फ प्रत्यक्षका लागि वीरेन्द्र सिंह, रघुवीर कार्की, शिवशंकरप्रसाद रिजाल (जोगिन्दर), राजेश्वरप्रसाद सिंह, श्यामसुन्दर यादवलगायतको नाम सिफारिस भएको छ।





प्रतिक्रिया