सर्लाही – नेपाली कांग्रेस सर्लाहीले प्रतिनिधिसभा सदस्य अमेरेशकुमार सिंहलाई कारबाही गरेको छ।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भन्दै उहाँलाई जिल्ला अनुशासन समितिले कारबाही गरेको हो।
जिल्ला सदस्य विकास ठाकुरले नेता सिंहलाई निलम्बन गरिएको सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ, ‘स्थानीय निकायको चुनावमा पार्टीका अधिकारिक उम्मेरवारहरुलाई अन्तरघात एवं असहयोग गर्ने नेपाली कांग्रेस सर्लाही क्षेत्र-४ का सांसद मा.डा. अमरेशकुमार सिंहलाई अनुशासन समितिको २०७९-०३-०२ को निर्णयअनुसार पार्टीबाट निलम्बन गरिएको छ।’
जिल्ला अनुशासन समितिले मधेश प्रदेश कार्यसमितिलाई गत असार ४ गते नै सिंहमाथि कारबाही गरिएको पत्र पठाएको पाइएको छ।





प्रतिक्रिया