अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसका केन्द्रीय सदस्य खनाल र गुल्मी जिल्ला अध्यक्षसहित एमालेमै फर्किए

नेकपा एसका केन्द्रीय सदस्य खनाल र गुल्मी जिल्ला अध्यक्षसहित एमालेमै फर्किए


गुल्मी -नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला ईन्चार्ज गणेश खनाल, जिल्ला अध्यक्ष नरेश भण्डारी जिल्लाका नेता-कार्यकर्ताहरूसहित नेकपा (एमाले) मा समाहित हुनुभएको छ । 

नेकपा (एमाले) गुल्मी जिल्ला कमिटीद्वारा तम्घासमा आज आयोजित कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट लगायतका नेताहरूले उहाँहरूलाई पार्टीमा स्वागत गर्नुभयो । 

पार्टीमा फर्कनेहरूमा युवा संघका केन्द्रीय सचिव हिमाल थापा, प्रदेश कमिटी सदस्य मदन विष्ट, जिल्ला कमिटी सचिवालय सदस्य मदनदीप घिमिरे, जिल्ला कमिटी सदस्य हरि कुँवर, जिल्ला कमिटी सदस्य बिष्णुप्रसाद भण्डारी, राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष रामुजङ्ग कँडेल, जिल्ला कमिटी सदस्य यमबहादुर खत्री र अनेरास्ववियूका जिल्ला उपाध्यक्ष निलकण्ठ पाण्डे लगायत  हुनुहुन्छ ।