अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा २ मा एमालेबाट चार जना सिफारिस

झापा २ मा एमालेबाट चार जना सिफारिस


बिर्तामोड – झापा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा एमालेका तर्फबाट चार जनाको नाम सिफारिस भएको छ ।

आज भर्खरै सम्पन्न क्षेत्रीय कमिटी बैठकले पार्टीका स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज देवराज घिमिरे,झापा, इन्चार्ज अग्नि खरेल,बहालवाला सांसद पबित्रा निरौला खरेल र बिर्तामोडका निवर्तमान मेयर ध्रुव कुमार शिवाकोटी को नाम सिफारिस भएको प्रचार विभाग प्रमुख गोपाल काफ्लेले जानकारी दिनुभयो ।

सिफारिस भएका नामहरु माथिल्लो कमिटीमा पठाइने काफ्लेको भनाई छ ।