अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डडेल्धुरामा प्रधानमन्त्री देउवासँग एमालेबाट बोहरा प्रतिस्पर्धा गर्दै

डडेल्धुरामा प्रधानमन्त्री देउवासँग एमालेबाट बोहरा प्रतिस्पर्धा गर्दै


डडेल्धुरा – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मंसीर ४ गने हुने प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेको तर्फबाट पठानसिंह बोहरा भिड्ने भएका छन् ।

कांग्रेसले शुक्रबार प्रतिनिधिसभामा देउवाको एकल नाम सिफारिस गरेको थियो । आज नेकपा एमालेले पनि प्रतिनिधिसभामा बोहराको नाम सिफारिस गरेसँगै देउवा र बोहराको प्रतिस्पर्धा हुने निश्चित भएको हो ।

यस पटक उहाँलाई टक्कर दिने गरी बोहरा मैदानमा आएको नेकपा एमालेको दाबी छ । बोहरा प्रदेशका पूर्वभौतिक पूर्वाधार मन्त्री हुन् ।

२०७४ सालमा डडेल्धुरा प्रदेशसभा (१) मा बोहराले कांग्रेसका रघुवर भट्टलाई पराजित गर्नुभएको थियो । त्यसबेला बोहराले १३ हजार ५६३ मत ल्याएर विजयी हुँदा भट्टले ११ हजार ३९४ मत पाएका थिए ।

एमालेबाट सुदूरपश्चिम प्रदेश सभामा सांसद समेत रहेका बोहरा यसपटक प्रतिनिधि सभातर्फ चुनाव लड्ने भएका हुन। एमालेबाट बोहरा एक्लैको नाम सिफारिसमा परेपछि यहीँ आधारमा केन्द्रबाट टिकट वितरणमा भएमा उहाँले टिकट पाउने निश्चित छ। उहाँ एमाले केन्द्रीय सदस्य तथा डडेल्धुरा इन्चार्ज हुन् । .

दुई वटै प्रदेश सभामा सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको एमाले डडेल्धुराका सचिव गजेन्द्र शाहीले जानकारी दिनु भयो । उहाँका अनुसार प्रदेश सभा (१) तर्फ प्रत्यक्षमा चक्रप्रसाद स्नेही सिफारिस भएका छन्। उहाँ एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा निवर्तमान् राष्ट्रिय सभा सदस्य हुन।

यस्तै, प्रदेश सभा (२) मा जिल्ला विकास समितिका पूर्व सभापति गजेन्द्रबहादुर शाही सर्वसम्मत चयन भएका छन्। उहाँ एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवलाय सदस्य समेत हुन् ।