जनकपुरधाम – आगामी मंसिर ४ गते हुने निर्वाचनमा धनुषा प्रतिनिधिसभा निर्वाचनका क्षेत्र-३ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को तर्फबाट वरिष्ठ नेता राजेन्द्र महतोको नाम सिफारिस भएको छ।
आज बसेको निर्वाचन क्षेत्र ३ को क्षेत्रीय कमिटीले सर्वसम्मतले महतोको नाम सिफारिस गरेको हो। धनुषा निर्वाचन क्षेत्र ३ को क्षेत्रीय कमिटीले प्रतिनिधिसभा सदस्यको लागि महतोको एकल नाम सिफारिस गरिएको पार्टीका जिल्ला अध्यक्ष परमेश्वर साहले जानकारी दिनु भयो । महतो यस क्षेत्रको वर्तमान सांसद हुन्। उहाँ तत्कालीन (राजपा) बाट निर्वाचित भएका थिए।
नेता महतो २०७४ को निर्वाचनमा यही क्षेत्रबाट नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गर्दै विजयी हुनु भएको थियो । २०७४ निर्वाचनमा महतो झण्डै ३ हजार मतान्तरले निर्वाचित हुनु भएको थियो । तत्कालीन (राजपा) बाट उम्मेदवारी दिएका महतोले ३० हजार ७५० मत ल्याएर विजयी हुँदा नेपाल कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिले २७ हजार ८४७ मत पाएका थिए।





प्रतिक्रिया