अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गगन थापालाई जिताउन सात सय मतदाताको नाम हटाउन निर्वाचन कार्यालयको पत्र

गगन थापालाई जिताउन सात सय मतदाताको नाम हटाउन निर्वाचन कार्यालयको पत्र


काठमाडौं  नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई जिताउन राजनीतिक आस्थाका आधारमा मतदाताको नाम हटाउन निर्वाचन कार्यालयले वडा कार्यालयलाई पत्र पठाएको खुलासा भएको छ ।

महामन्त्री थापाको निर्वाचन क्षेत्रबाट सात सय मतदाताको नाम राजनीतिक आस्थाका आधारमा हटाउन निर्वाचन कार्यालयले वडा कार्यालयलाई पत्र पठाएको हो।

नेपाली कांग्रेस बुढानिलकण्ड नगर समितिले नेकपा एमालेका कार्यकर्ताको नाम छानी छानी फर्जी मतदाता भनेर दिएको किर्ते उजुरीका आधारमा निर्वाचन कार्यालयले सक्कल कागजपत्र लिएर आउन सूचित गरेपछि स्थानीयहरु आन्दोलन उत्रिएका छन् ।

निर्वाचन कार्यालयले सात सय मतदाताहरुलाई बसाइ सराई र मतदाता परिचयपत्र लगायतका कागजात बोकेर आउन भनेपछि बुढानिलकण्ठ नगरपालिकाका बासिन्दाहरु आन्दोलनमा उत्रिएका हुन् ।

बुढानिलकण्ठ नगरपालिकाका मतदाताहरु अनामनगरस्थित जिल्ला निर्वाचन कार्यालय पुगेपछि गगन थापालाई चुनाव जिताउन प्रशासन नै लागेको भन्दै कार्यालयको बोर्ड तोडफोड गरेका छन् । निर्वाचन आयोगले राजनीतिक पुर्वाग्रह र घुसखोरीमा परेर सात सय मतदातालाई सूचीबाट हटाउन खोजेको मतदाताहरुले दावी गरेका छन् ।

नेता थापालाई जिताउन पटकपटक मतदान गरिसकेका मतदाताहरुलाई किर्ते मतदाता भनेर आफुहरुलाई अपमान गरेको र मतदान गर्नबाट वञ्चित गर्न खोजिएको उनीहरुको भनाई छ ।

किर्ते मतदाता भनेर निर्वाचन कार्यालयले सूचित गरेका सात सयजनामध्ये बुढानिलकण्ठ नगर कार्यपालिका सदस्य मेन्दो शेर्पा समेत पर्नु भएको छ ।

कार्यालयमा बोलाइएपछि बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामाको नेतृत्वमा वडाध्यक्ष र जनप्रतिनिधिहरु समेत त्यहाँ पुगेका छन्।