वीरगञ्ज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर बारा क्षेत्र-४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारमा सिफारिस भएका छन् ।
आज बसेको क्षेत्रीय बैठकले पार्टी अध्यक्ष ठाकुरसहित ४ जनाको नाम सिफारिस गरेको हो ।
अध्यक्ष ठाकुरसहित सांसद एकवाल मियाँ, क्षेत्रीय अध्यक्ष सिताराम गुप्ता र नेता शिवजी साहको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ । मियाँ २०७४ सालमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।





प्रतिक्रिया