काठमाडौं – एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट नेपाल क्लियरिङ हाउसको नेपालपेको क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ। सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गर्नु भएको छ ।
अब एनआईसी एसिया मोबाइल बैङकिङ प्रयोगकर्ताहरूले नेपालका विभिन्न स्थानका मर्चेन्टहरूसँग रहेको नेपालपेको क्युआर स्क्यान गरी सहज रुपमा भुक्तानी गर्न सक्ने छन्। नेपालमा पछिल्लो पटक डिजिटल कारोबार बढिरहेको परिप्रेक्ष्यमा नेपालपेसँगको सहकार्यबाट डिजिटल कारोबारलाई थप नयाँ उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
नेपालको बैंकिङ्ग क्षेत्रकै सबैभन्दा धेरै २० लाखभन्दा बढी प्रयोगकर्ताहरू रहेको यस एनआईसी एसिया मोब्यांकलाई बैंकले भर्खरै ओम्नीच्यानल प्रणालीमा अपग्रेड गरी अधिकतम बैंकिङ्ग सेवा तथा सुविधाहरू डिजिटल माध्यमबाट प्रदान गरिरहेको छ।
सबथोक यसमै छ’ भन्ने नाराका साथ बैंकले ल्याएको सेवाबाट ग्राहकहरूले अधिकतम बैंकिङ्ग सेवाहरू सहज एवं सरल रुपमा उपभोग गर्न सक्ने भएका छन्।
भाेलिका दिनमा अझ बढी सेवाहरू यसै एपमार्फत दिन तयारी बैंकले गरिरहेको छ। यस एपबाट ग्राहकहरूले क्युआर भुक्तानीका अलावा नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन, नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्स सुचारु, स्किम ट्रान्सफर, आईपीओ आवेदन र लकर सुविधा लिन लगातका धेरै भन्दा धेरै बैंकिङ्ग सेवाहरू डिजिटल रुपमा प्राप्त गर्न सक्ने छन्। बैंकमा खाता नभएकाले पनि मोब्यांक एप डाउनलोड गरी डिजिटल वालेटको रुपमा प्रयोग गर्न सक्ने छन्।







प्रतिक्रिया