अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीपछि झापामा एलपी साँवा पनि सर्वसम्मत

अध्यक्ष ओलीपछि झापामा एलपी साँवा पनि सर्वसम्मत



झापा -झापाको निर्वाचन क्षेत्र नं ४ मा नेकपा एमालेका एलपी साँवा लिम्बू सर्वसम्मत सिफारिस हुुनु भएको छ ।
निर्वाचन क्षेत्रीय समन्वय कमिटीको आजको बैठकले साँवालाई सर्वसम्मत सिफारिसको निर्णय गरेको हो ।
उक्त क्षेत्रबाट अन्य चारजना नेताले संघीय साँसदका लागि दाबी गरेका थिए । जसमा हिरा बहादुर थापा,होम गौतम , निवर्तमान मेयर चन्द्रकुमार शेर्मा र निवर्तमान उपमेयर भोजकुमारी नेपालरहेका थिए । कमिटी र जनतामा साँवा नै लोकप्रिय भएकोले अन्य दाबेदारले उहाँलाई सर्वसम्मत गराउन मद्धत गरेका थिए ।

क्षेत्रीय कमिटीका सचिव तुलाराम बस्नेतका अनुसार क्षेत्र भित्रका २८ वटै वडाका वडाध्यक्ष पालिकाका पदाधिकारीहरुले एलपी साँवाको विकल्प नभएकोले उहाँलाई नै सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरिएको हो । कमिटीको माइन्युटमा साँवालाई सर्वसम्मत उम्मेद्वार लेखिएको छ । जिल्ला कमिटीको जानकारीका लागि अन्य आकांक्षी उम्मेद्वारको नाम पनि उल्लेख गरेर पठाइएको छ । सचिव बस्नेतका अनुसार कुन कुन नेताले संघीय साँसद हुन इच्छा जाहेर गर्नु भएको रहेछ भनेर जिल्ला कमिटी र उपल्लो कमिटीले जानकारी पाओस भनेर अन्य नाम पनि साथै पठाइएको हो ।
साँवाले सबै आकांक्षी र कमिटीलाई धन्यवाद दिंदैं मंसिर ४ गतेको निर्वाच्नमा झापा ४ मा पार्टी यसरी नै सर्वसम्मत र एक ढिक्का भएर निर्वाचनमा खट्ने बताउनुभएको छ ।