अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिक्षामन्त्री पौडेल बागलुङका दुई वटा निर्वाचन क्षेत्रबाट सिफारिस

शिक्षामन्त्री पौडेल बागलुङका दुई वटा निर्वाचन क्षेत्रबाट सिफारिस


बागलुङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आगामी  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङका दुई वटै निर्वाचन क्षेत्रबाट सिफारिस हुनुभएको छ ।

बागलुङमा दुई सङ्घीय र चार प्रदेश निर्वाचन क्षेत्र रहेकोमा  प्रतिनिधिसभा निर्वाचनका लागि उहाँ जिल्लाको दुईवटै निर्वाचन क्षेत्रबाट सिफारिस हुनुभएको हो । मन्त्री पौडेल गत निर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो । पौडेलको स्थायी घर बागलुङ क्षेत्र नम्बर १ मा पर्दछ ।

नेकपा (माओवादी केन्द्र) बागलुङका अनुसार बागलुङ क्षेत्र नम्बर १ बाट मन्त्री पौडेलसहित कृष्ण केसीको नाम प्रतिनिधिसभाका लागि सिफारिस गरिएको माओवादी केन्द्र बागलुङका जिल्ला इन्चार्ज बलावती शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार बागलुङ क्षेत्र नम्बर २ बाट मन्त्री पौडेलसहित गण्डकी प्रदेशका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाको नामसमेत सिफारिस गरिएको छ ।

निर्वाचन क्षेत्रका हिसाबले क्षेत्र नम्बर २ ले र भूगोलका हिसाबले क्षेत्र नम्बर १ ले सिफारिस गरेको हो ।  यस्तै बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (क) का लागि दुई जनाको नाम सिफारिस गरिएको छ ।

उक्त प्रदेशसभा सदस्यका लागि यज्ञवल्लभ शर्मा र चक्रपाणी कंडेले सिफारिस हुनुभएको छ । यस्तै बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (ख) मा कुलचन्द्र शर्माको नाम सिफारिस गरी पठाइएको जिल्ला इन्चार्ज शर्माले बताउनुभयो ।

बागलुङ क्षेत्र नम्बर २ को प्रदेशसभा (क) र (ख) का लागि उम्मेदवारहरुको नाम सिफारिसका लागि छलफल भइरहेको माओवादी केन्द्र बागलुङले जनाएको छ ।