अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

योगेशलाई झाँक्रीको भावुक शुभकामना : अभाव महसुष भएको छ दाइ !

योगेशलाई झाँक्रीको भावुक शुभकामना : अभाव महसुष भएको छ दाइ !


काठमाडौं- नेकपा एकिकृत समाजवादीको सचिव रामकुमारी झाँक्रीले एमालेका सचिव योगेश भट्टराईको अभाव महसुष भएको बताउनुभएको छ ।
योगेशको जन्मदिनमा शुभकामना दिंदै झाँक्रीले आफ्ना पुराना सहकर्मीलाई मिस गरेको उल्लेख गर्नुभएको छ । कुनै महत्वपूर्ण निर्णय गर्नुपर्दा धेरै अभाव महसुष हुने गरेको झाँक्रीले सामाजिक सञ्जालमा लेख्नु भएको छ । आधा अंग्रेजी आधा नेपाली भाषामा शुभकामना लेख्दै झाँक्रीले ‘आफैंले कुनै महत्वपूर्ण निर्णय लिने बेला अचाव महसुष हुने रहेछ दाइ’ भन्दै भावुकता प्रकट गर्नुभएको छ ।
योगेशको आज जन्मदिन हो । उहाँलाई सामाजिक सञ्जालमा हजारौं शुभचिन्तकले शुभेच्छा प्रकट गररहेका छन् ।