अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदको कार्यकाल लम्ब्याउने कार्यप्रति रावलको असन्तुष्टी

संसदको कार्यकाल लम्ब्याउने कार्यप्रति रावलको असन्तुष्टी


काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने तयारीप्रति असहमती जनाउनुभएको छ । सामाजिक सञ्जालमा लेख्दै निर्वाचन प्रक्रिया अघि बढिसकेको अवस्थामा निर्वाचन आयोगको पूर्व घोषणाविपरीत स्वेच्छारी र अलोकतान्त्रिक कदम चालेको भन्दै यसलाई बन्द गर्न रावलको माग छ ।

‘प्रतिनिधिसभाको निर्वाचनको प्रक्रिया अघि बढिरहेको र धेरैजसो सांसद काठमाडौंमा नभएको स्थितिमा संसदमा विभिन्न ऐन संशोधन गर्ने र निर्वाचन आयोगको पूर्व घोषणाविपरीत प्रतिनिधिसभाको समयावधि बढाउने गठबन्धन सरकारको स्वेच्छाचारी र अलोकतान्त्रिक कार्य आपत्तिजनक छ । यस्तो काम बन्द होस्’ रावलले लेख्नु भएको छ ।