अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बागलुङले गर्यो समानुपातिकामा ३० जनाको नाम सिफारिस

एमाले बागलुङले गर्यो समानुपातिकामा ३० जनाको नाम सिफारिस


बागलुङ- नेकपा एमाले बागलुङले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि ३० जनाको नाम समानुपातिकमा सिफारिस गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी एमाले बागलुङले सदरमुकाम बागलुङ बजारमा सोमबार वसेको पूर्ण बैठकले ३० जनाको नाम सिफारिस गरेको नेकपा एमाले बागलुङका सचिव विष्णु भुषालले बताउनुभयो ।
समानुपातिकको कलस्टर अनुसार नै जिल्लाका ९ जना नेताहरुलाई प्रतिनिधि सभामा र २१ जनालाई प्रदेश सभाका लागि सिफारिस गरेको हो ।

पार्टीका केन्द्रिय सदस्य कृष्ण केसी र तिल वहादुर विश्वकर्मा र प्रदेश कमिटी सदस्य शिव सापकोटा, बाबुराम नेपाली, ममतादेवी शर्मा, उषा पौडेल,सुनिल शेरचन, सञ्जय श्रेष्ठ र समपन्न श्रेष्ठको नाम प्रतिनिधि सभाका लागि सिफरिस भएको छ ।

यस्तै पार्टीका पोलिटब्यूरो सदस्य लील वहादुर थापा, केन्द्रिय सदस्य गोबिन्द नेपाली, केन्द्रिय परिषद् सदस्य मोहनलाल शर्मा, जिल्ला सदस्य अमरसिंह घर्ति, धन प्रसाद बुढा र लालविर लोपचन, जिल्ला सदस्य बिना कुमारी थापा, करमती पुन, जिल्ला सदस्य तिल वहादुर कामी, हुमा कुमारी जिसी, जिल्ला सदस्य सरस्वती परियार खड्का, छेला नेपाली, कृष्ण पाठक, टेक वहादुर खत्री, विश्व गौतम, धनिश्वर पौडेल, गिता शर्मा, भीमा अधिकारी, रत्ना भण्डारी, यमुनादेवी पौडेल र रुपा कुमारी पौडेल प्रदेशसभा सदस्यको लागि समानुपातिकका लागि सिफारिस भएको नेकपा एमाले बागलुङले जनाएको छ ।