अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउन आग्रह

उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउन आग्रह


काठमाडौं – आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको नाम सिफारिस गर्ने काम पार्टीका मातहत कमिटीमा धमाधम भइरहेको छ ।

पार्टीको केन्द्रीय कमिटीको चौथो बैठकले यही भदौ २२ गतेसम्म उम्मेदवारहरूको नाम सिफारिश गरी पठाउनुपर्ने निर्णय गरेको थियो ।

उम्मेदवारका रूपमा नाम सिफारिस हुनुभएका व्यक्तिहरूको नाम पार्टी केन्द्रीय कार्यालयमा पठाउँदा निर्वाचन आयोगको अनुसूचि १४ र १७ बमोजिमको मञ्जुरीनामामा हस्ताक्षर गर्नुपर्ने भएकाले सम्बन्धित कमिटीले उक्त अनुसूचिका साथै देहाय बमोजिमको विवरण अनिवार्यरूपमा संलग्न गरी पठाउन पार्टीको केन्द्रीय कार्यालयले अनुरोध गरेको छ ।

पठाउनुपर्ने कागजातहरू
१.    नेपाली नागरिकताको प्रमाणपत्र
२.   सम्पत्ति विवरण फाराम (सिलबन्दी गरी पेश गर्नुहुन)
३.   मतदाता नामावलीमा नाम भएको विवरणः
     मतदाता क्रम संख्याः
     वडा नंः
     गाउँ\नगरपालिकाः
     प्रदेशः 
     जिल्लाः