अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेबाट पर्सा-२ बाट विजय सरावगीसहित ४ जनाको नाम सिफारिस

एमालेबाट पर्सा-२ बाट विजय सरावगीसहित ४ जनाको नाम सिफारिस


जनकपुरधाम – नेकपा एमालेले पर्सा क्षेत्र नम्बर २ बाट वीरगञ्जका पूर्वमेयर विजय कुमार सरावगीसहित चारजनाको नाम सिफारिस गरेको छ ।

एमाले क्षेत्रीय समितिको बैठकले सरावगीसँगै प्रभु हजरा, निर्मला देवकोटा र बसरुद्दिन अन्सारीको नाम सिफारिस गरेको हो ।

सरावगीले २०७४ सालमा तत्कालीन संघीय समाजवादी फोरम (जसपा)बाट वीरगञ्ज उपमहानगरपालिकाको मेयरमा हुनु भएको थियो । मेयर रहेकै बेला उहाँले नेकपा एमालेमा प्रवेश गर्नुभएको थियो । त्यसपछि वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा सरावगी एमालेबाट मेयर उम्मेदवार बन्नुभएको थियो ।  तर, जसपाका राजेशमान सिंहसँग उहाँले पराजित व्यहोनु भयो ।

२०७४ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ बाट तत्कालीन संघीय समाजवादी फोरमबाट विमलप्रसाद श्रीवास्तव विजयी हुनु भएको थियो । श्रीवास्तव अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा हुनुहुन्छ।