अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हास्य कलाकार ‘जोगिन्दर’ कांग्रेसबाट सिफारिस

हास्य कलाकार ‘जोगिन्दर’ कांग्रेसबाट सिफारिस


सर्लाही – हास्य कलाकार जोगिन्दर पानावाला उर्फ शिवशंकर रिजाल आगामी मंसिर ४ गते एकसाथ प्रतिनिधिसभा तथा प्रदेशभा निर्वाचनमा उम्मेदवारीका लागि सिफारिस हुनु भएको छ ।

रिजाललाई कांग्रेसले सर्लाही क्षेत्र नम्बर ‘क’बाट प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फ सिफारिस गरेको हो।

नेपाल सांस्कृतिक संघमा आबद्ध रहेका रिजालले फेसबुकमार्फत आफू सिफारिसमा परेको जानकारी गराउनु भएको छ ।

जोगिन्दर कांग्रेनिकट सांस्कृतिक संघमा आबद्ध हुनुहुन्छ । रिजालले झण्डै एक दशक टेलिभिजनमा ‘जोगिन्दर बोले प्रणाम जी’ कार्यक्रम चलाउनु भयो । उक्त कार्यक्रममा अतिथिसँग उहाँले व्यंग्यात्मक शैलीमा उनीहरूको पेसा र अनुभवबारे कुरा गर्थे। जुन लोकप्रिय भयो। उहाँले केही फिल्ममा समेत अभिनय गर्नु भएको छ ।

हास्य कलाकार रिजालसँगै जिग्री उर्फ कुमार कट्टेल, ‘सितेबा’ उर्फ मधुसुदन पाठक, रेखा थापा लगायतका कलाकार आगामी निर्वाचनमा उम्मेदवार बन्दै छन् ।