अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उपाध्यक्ष नेम्वाङसँग शिष्टाचार भेट

एमाले उपाध्यक्ष नेम्वाङसँग शिष्टाचार भेट


काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग नेपाल भ्रमणमा आउनुभएका फ्रान्सका सिनेटरहरू एन क्याथरिन लुसर, ड्यानियल साल्मन र नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोर्बाओले आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा शिष्टाचार भेट गर्नुभयो ।

भेटमा नेपाल र फ्रान्स बीचको द्विपक्षीय सम्बन्ध र आपसी सहयोगबारेमा कुराकानी भएको थियो ।

भेटमा फ्रान्सका सिनेटरहरूले नेपालमा सङ्घीयता र धर्मनिरपेक्षतासहितको गणतान्त्रिक संविधान जारी भएकोमा खुशी व्यक्त गर्दै नेपालको विकासमा खासगरी हाइड्रोलिक शहर निर्माणमा फ्रान्स सहयोगका लागि इच्छुक रहेको बताउनुभएको थियो ।

भेटमा उपाध्यक्ष नेम्वाङले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना अगाडि सार्दै त्यस दिशामा अगाडि बढ्ने काम शुरू गरेको जानकारी गराउँदै आगामी दिनमा नेपालको विकासमा मित्रराष्ट्र फ्रान्सको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा पार्टीका उपमहासचिव बिष्णु रिमाल र परराष्ट्र मामिला विभागका सचिव डा. अन्जान शाक्यको उपस्थिति रहेको थियो ।