धनगढी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि उम्मेदवारी सिफारिस गर्दा खल्तीको नाम सिफारिस नगर्न सुझाव दिनु भएको छ ।
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई मंगलबार धनगढीमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।
अध्यक्ष प्रचण्डले २३ भदौसम्म सबै उम्मेदवारको नाम पार्टी कार्यालय आइसक्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘खल्तीबाट सिफारिस भएको उम्मेदवार स्वीकार्य हुन्न । पालिकाको सिफारिसका आधारमा जिल्ला समन्वय समितिले प्रदेशमा पठाउने, पर्सीसम्म २३ भदौ केन्द्रीय कार्यालयमा उपलब्ध भइसक्नुपर्छ।’





प्रतिक्रिया