अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुपाल्चोक १ मा गठबन्धन कमजोर बन्दै

सिन्धुपाल्चोक १ मा गठबन्धन कमजोर बन्दै


सिन्धुपाल्चोक – चीनसँगको सबै भन्दा पुरानो र चर्चित नाका रहेको तातोपानी बीरगंजकै हाराहरीमा व्यापारिक आकर्षण थियो । खासा व्यापारीहरु अहिले केरुङ् नाका तर्फ सिफ्ट भएर पनि पलाएन हुँदैछन् । गठबन्धन सरकारको एक वर्ष सिन्धुपाल्चोकका व्यापारीहरुको निम्ति पूरै निराजनक रहेको छ।

भूकम्पबाट तहसनहस भएको व्यापार एमसिसि पारित भएपछि शून्य मै झर्‍यो । यसबाट ठूलो लगानी डुबेको र कतिपय समुन्द्रको बाटोतर्फ सिफ्ट भएका छन् । नेपाल भित्र्याउन भन्सार ल्याइएका स्याउहरु बाटोमै कुहिएकोले व्यापारीहरु गठबन्धन सरकारसँग आक्रोसित छन् ।

आफूहरु राष्ट्रिय अन्तर्राष्ट्रिय तहको नेता हौ भनेर टिकट झगडामा कुस्ति खेलिरहेका सभामुख अग्नि सापकोटा र मोहन बहादुर बस्नेतले व्यापारीहरुको समस्या तर्फ कुनै ध्यान नदिएको र चुनावमा दुहुनो गाई बनाएको भन्दै आउँदो चुनावमा गठबन्धनलाई पराजित गर्ने उद्घोष दोहो¥याएको छन् । यी दुई पार्टीका नेताहरुको ‘पधेरे झगडा’ले जिल्लाका राजनीतिक कार्यकर्ताहरु पनि गठबन्धन अभिसाप बन्दै गएको टिप्पणी गर्न थालेका छन् ।

जिल्लाको हाईड्रोपावर प्रोजेक्टका लगानी कर्ताहरु पनि गठबन्धन सरकार आएपछि अर्थतन्त्र संकटतर्फ धकेलिदै गएकोमा चिन्तित छन् । स्वीकृत लोन पनि पैसा छैन भनेर बैकले दिन मानिरहे छैन भन्छन् उनीहरु । महंगी बढेर निर्माण व्यावसायीहरु काम छोडेर भाग्नु पर्ने अवस्था छ । विकासका कामहरु पनि ठप्प छन् । दशैं-तिहार छठ आदि चाडहरु भित्रिन लाग्यो, न बाहिरबाट सामान ल्याउन सकिन्छ न वर्षादले भत्काएका बाटाघाटा नै खुलेका छन् ।

सेयर बजार ओरालो लागेकै कारण पुँजी बजारमा संकट बढ्दो छ । सरकारी मान्छेहरु घुस नखाई केही गर्दैनन् । यसको सिधा मार व्यापारीहरुलाई नै परेको छ । एमालेको सरकारको सरकारसंग त कुराकानी हुन्थ्यो, अपठ्यारा फुकाउन सहजीकरण गरिन्थ्यो । तर अहिलेको गठबन्धनका नेताहरु मन्त्री भेट्टाउन पनि चुनावी खर्चको बार्गेनिङ्ममा उत्रन्छन् । यस्ता पार्टीहरुलाई सहयोग गर्न अब नसक्ने उनीहरुको भनाई छ । तिनै पार्टीका आउरे बाउरेले व्यापारिक संगठन कब्जा गरेको कारण आज अधिकांश व्यापारीको लगानी डुबेको उनीहरुको ठम्याई छ । सिन्धुपाल्चोकमा गठबन्धन बिरुद्व व्यापारीहरुको मोर्चाबन्दी नै हुने अवस्था बढ्दै गए पछि कांग्रेस माओवादी अत्तालिन थालेका छन् ।