काठमाडौं- नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमालेलाई पेल्नका लागि सरकारले जिल्ला जिल्लामा आस्थाका आधारमा सिडियो र एसपी पठाइरहेको बताउनुभएको छ ।
संसदमा बोल्दै भट्टराईले हालै आस्थाका आधारमा गरिएका सम्पूर्ण सरुवा बदर गर्न उहाँले माग गर्नुभएको छ । ‘स्थानीय तहको निर्वाचनमा हामीले भोग्यौं सरकारले पठाएका सिडिओ र एसपीले एमालेका कार्यकर्तालाई छानी छानी पक्रने,मुद्धा लगाउने जस्ता ज्यादती गरे’ भट्टराईले भन्नुभयो ‘तत् ठाउँमा हामीले प्रतिवाद गर्यौं । फेरी आगामी निर्वाचनमा पनि त्यही प्रवृति दोहोर्याउन सरकार लागि परेको छ ।’
भट्टराईले २०४८ साल यता यति धेरै प्रहरी दमक भएको यो पहिलो पटक भएको आरोप लगाउनुभएको छ । ‘निर्वाचनका बेला एमाले पनि सरकारमा थियो । त्यस्तो बेला हामीले छानी छानी आस्थाका आधारमा प्रशाक परिवर्तन गरेनौ ।’
भट्टराईले अहिले सरकारले एमालेलाई पेल्न र चुनावलाई प्रभावित गर्नका लागि छानी छानी आफ्ना मान्छे पठाएको बताउनुभयो । ‘आफूसँग आस्था मिल्ने मात्र होइन मिले देखि झण्डै बोक्ने मान्छे सिडिओ र एसपी बनाएर पठाउनु भएको छ ’ भट्टराईको चेतावनी छ ‘तर सिडिओ र एसपीहरुलाई म भन्न चाहन्छु खबरदार एमालेलाई पेल्ने सोच नबनाउनु । हामी प्रतिवाद गर्छौं । ’





प्रतिक्रिया