अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष प्रचण्डको सबैभन्दा बढी आलोचक मै हुँ, रक्षक पनि मै हुँ : जनार्दन शर्मा

अध्यक्ष प्रचण्डको सबैभन्दा बढी आलोचक मै हुँ, रक्षक पनि मै हुँ : जनार्दन शर्मा


काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रक्षा गर्ने आफैं भएको भन्दै आलोचना पनि गर्ने बताउनु भएको छ ।

पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘म नीति र नेतृत्वको रक्षा गर्दै आएको मान्छे हुँ, सही नीति र नेतृत्वको अहिले पनि रक्षा गर्ने मेरो दायीत्व हो । अध्यक्षको सबैभन्दा बढी आलोचक मै हुँ, अध्यक्षको रक्षक र रक्षा गर्ने पनि मै हुँ ।’

उहाँले नीति र नेतृत्वको रक्षा नहुँदा आन्दोलन पनि नहुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘चाकडीले रक्षा हुँदैन। व्यवहारमा क्रान्तिकारी हुनुपर्छ । आजको नेपालको राजनीति अध्यक्षकै वरिपरि घुमिरहेको छ।’

अराजक गर्नेलाई नेतृत्वले पुलपुल्याउने कुरा खराब भएको उहाँले बताउनु भयो । ‘संगठन विधि र पद्धतिमा बस्नपर्यो, पद र शक्तिको होडमा आज कुरा गर्ने होइन,’ शर्माले भन्नुभयो, ‘विद्यार्थी संगठनमा देखिएको समस्याको समाधानका लागि लाग्नुहोस्।’

कसैले कुरा लगाइदिएको भरमा अध्यक्षले कसैको कुरा सुन्न नहुने उहाँको भनाई छ। ‘जनताको जनमत लिएर अध्यक्ष कमरेडले चितवनमा गरेको जस्तै भाषण सबैले सिक्नुपर्छ,’ शर्माले भन्नुभयो, ‘स्वार्थ समूहले स्वार्थ पुर्तिका लागि केही गर्न सक्छन्।’