काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच एउटै मञ्चमा जुहारी चलेको छ ।
बुधबार काठमाडौंमा भएको अखिल क्रान्तिकारीको अखिल फोर्स कार्यक्रममा बोल्ने क्रममा अध्यक्ष प्रचण्ड र शर्माबीच जुहारी चलेको हो ।
उक्त कार्यक्रममा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले आफू अध्यक्ष प्रचण्डको सबैभन्दा कडा आलोचक पनि रहेको र सबैभन्दा ठूलो रक्षक भएको बताउनु भएको थियो । त्यही प्रसङ्गमा जर्नादनाई समेत अध्यक्ष प्रचण्डले जवाफ दिनुभएको थियो ।
‘जनार्दनजीले जाँदाजाँदै भन्नुभयो, नीति र नेतृत्वको रक्षा,’ प्रचण्डले भन्नुभयो, ‘ जनार्दनलाई रक्षा गर्ने र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो भन्ने कुरा तराईँहरु सबैले बुझन् जरुरी छ।’
अध्यक्ष प्रचण्डले आफूले सबै खालको आन्दोलनको नेतृत्व गरिसकेकोले राम्रो उत्तराधिकारीको खोजी गरिरहेको बताउनु भयो । तर, गुटगट प्रवृत्तिबाट माथि उठ्ने उत्तराधिकारी नभएको प्रचण्डको भनाई थियो।
अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मैले त जनयुद्धको तयारीको पनि नेतृत्व गरेँ, जनयुद्धको पनि नेतृत्व गरेँ, संविधानसभाको पनि नेतृत्व गरेँ, संघीय लोकतान्त्रिक गणतन्त्रको पनि, मेरो लागि धेरै चिज भएकै छ। अब मेरो सपना के हो त ?– राम्रो उत्तराधिकारीहरू तयार हुन् । तिनले पार्टीलाई एकतावद्ध गरेर लैजाउन । यही मेरो सपना छ। विद्यार्थी साथीहरुले एकतावद्ध भएर यो सपना पूरा गर्न लाग्नुहोस्।’





प्रतिक्रिया