अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली जलविद्युत आयोजना अघि बढाउने जीएमआरसँगको सम्झौता तत्काल खारेज गरियोस्: भीम रावल

कर्णाली जलविद्युत आयोजना अघि बढाउने जीएमआरसँगको सम्झौता तत्काल खारेज गरियोस्: भीम रावल


काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना अघि बढाउने जीएमआर कम्पनीसँगको सम्झौता तत्काल खारेज गर्न सरकारसँग माग गर्नुभएको छ ।  

आयोजनाबारे आज सरकारको ध्यानाकर्षण गराउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्दै नेता रावलले लामो समयदेखि सो आयोजना ओगट्ने काम मात्रै गरेको उल्लेख गर्दै भारतीय कम्पनीसँगको सम्झौता तत्काल खारेज गरी जनताको सहभागितामा सरकार आफैँले अगाडि बढाउन पनि आग्रह गर्नुभयो ।

उहाँले विगतमा गरिएको सर्तहरू उल्लंघन गर्ने, नेपालको राष्ट्रिय हित विपरित हुने गरी सो कम्पनीले गतिविधि गरिरहेकाले सो सम्झौता रद्द गरेर नेपाल सरकार आफैँले वित्तिय व्यवस्थापन गरेर सो आयोजना अघि बढाउनुपर्ने स्पष्ट पार्नुभयो ।

नेता रावलले भन्नुभयो, ‘जीएमआर कम्पनीले माथिल्लो कर्णाली जलविद्युत आयोजनालाई निर्माण नगरी लामो समयसम्म ओगट्दै सम्झौताको उल्लंघन गर्दै नेपाललाई क्षति पुर्याउनुको साथै राष्ट्रिय हितमा आँच पु¥याएकाले यो सम्झौता तत्काल खारेज गरियोस् । उक्त आयोजनालाई जनसहभागिता र नेपाल सरकारको लगानीमा अगाडि बढाइयोस्। नेपालको सबैभन्दा राम्रो र उत्पादित विद्युतको मूल्य तुलनात्मक रुपमा कम हुने माथिल्लो कर्णाली जलविद्युत आयोजनामा संलग्न सम्झौता विपरित वित्तिय व्यवस्थापनको म्याद फेरि थपिनु आपत्तिजनक छ।’