काठमाडौं – प्रहरीले राष्ट्रिय क्रिकेट टीमका कप्तान सन्दीप लामिछाने भदौ ५ गते सिनामंगलस्थित एक होटलमा युवतीसहित पुगेको पुष्टि गरेको छ ।
गत बुधबार सन्दीपविरुद्ध उजुरी परेपछि अनुसन्धान सुरु गरेको प्रहरीले सन्दीप उक्त होटलमा पुग्दा सेतो क्याप, सेतै जुत्ता र निलो टिशर्ट लगाएको सीसीटीभी फूटेजमा पत्ता लगाएको छ ।
पीडित युवतीले भने सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएको देखिएको प्रारम्भिक अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताएका छन् ।
ती प्रहरीका अनुसार सन्दीप र पीडित युवती उक्त होटलमा करीब ७ घण्टा बसेर भदौ ६ गते बिहान ६:४६ मिनेटमा होटलबाट बाहिरिएको देखिएको छ ।
प्रहरीले पीडितले बयानमा उल्लेख गरेको नगरकोटको रिसोर्टमा रहेको सीसीटीभी फूटेज पनि अनुसन्धान गरिरहेको छ ।
प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी लिने तयारी गरिरहेको जनाएको छ ।
जाहेरीमा १७ वर्षीया बालिकालाई लामिछानेले सिनामंगलस्थित होटल काठमाडौं इनको कोठा नम्बर ३०५ मा लगी रातभर पटक–पटक जबरजस्ती करणी गरेको उल्लेख छ ।
प्रतिक्रिया