अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीका पूर्वमुख्यमन्त्री शाही कालीकोटबाट सिफारिस

कर्णालीका पूर्वमुख्यमन्त्री शाही कालीकोटबाट सिफारिस


कालीकोट – कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस हुनु भएको छ।

बुधबार नेकपा माओवादी केन्द्र कालीकोटले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि शाहीसहित चारजनाको नाम सिफारिस गरेको हो।

उहाँसँगै विष्णुबहादुर विश्कर्मा, रास्कोटका पूर्वनगर प्रमुख काशिचन्द्र बराल र लक्ष्मीप्रसाद चौलागाईंको नाम सिफारिस भएको छ। कर्णाली पूर्वमुख्यमन्त्रीसमेत रहेका शाही कर्णाली प्रदेश सभा माओवादी संसदीय दलका नेता समेत हुन्।

२०७४ को निर्वाचनमा प्रदेश (ख) बाट शाहीले १२ हजार १५३ मत ल्याएर निर्वाचित भएका थिए। उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कालिबहादुर सहकारीले ९ हजार ३४२ मत प्राप्त गरेका थिए।

यस्तै, प्रतिनिधि सभा समानुपातिकतर्फ पिछडिएको क्षेत्र गंगा खडका, दलित तुलाराज विक र खसआर्यबाट मानबहादुर भण्डारीको नाम सिफारिसमा परेको छ।

प्रदेश (क) तर्फ प्रत्यक्षमा दुर्गबहादुर रावत सिफारिस हुनु भएको छ भने समानुपातिकमा यशोधा न्यौपाने सिफारिस हुनु भएको छ ।

त्यस्तै प्रदेश सभा (ख) तर्फ जीवन बुढा सिफारिस हुँदा समानुपातिकतर्फ महिलामा मिठु बम दलित हजा सुनार र खसआर्यबाट भानुभक्त सन्ज्याल सिफारिस भएका छन्।

२०७४ को निर्वाचनमा प्रतिनिधि सभा अन्तर्गत माओवादीका दुर्गबहादुर रावतले २१ हजार ११२ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले १६ हजार ४०७ मत प्राप्त गरेका थिए।