अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले १०० भन्दा कम सिट स्वीकार गर्न हुँदैन : शेखर कोइराला

कांग्रेसले १०० भन्दा कम सिट स्वीकार गर्न हुँदैन : शेखर कोइराला


जनकपुरधाम – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले १०० भन्दा कम सिट स्वीकार गर्न नहुने बताउनुभएको छ ।

बुधबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै सत्ता गठबन्धनमा सहभागी अन्य दलसँग सहमति गरी नेपाली कांग्रेसले एक सय सिट लिन पहल गर्नुपर्ने बताउनुभयो ।

नेता कोइरालाले गठबन्धनभित्र सहमति हुन अझै बाँकी रहेकाले प्रतिनिधिसभाको सिट बाँडफाँट भइसकेपछि प्रदेशसभाको सिट बाँडफाँटमा कुराकानी हुने बताउनुभयो ।