रोल्पा – नेकपा माओवादी केन्द्र रोल्पाले प्रतिनिधिसभा सदस्यका लागि ६ जना नेताको नाम सिफारिस गरेको छ।
आज बसेको माओवादी जिल्ला समन्वय समिति रोल्पाको बैठकले संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरू सिफारिस गरेको हो।
तीन दिनसम्म बसेको बैठकले कृष्णबहादुर महरा, वर्षमान पुन मगर, कुलप्रसाद केसी, जयपुरी घर्ती मगर, ओनसरी घर्तीमगर र झक्कुप्रसाद सुवेदीको नाम सिफारिस गरेको छ । सबै नाम प्रतिनिधि सभाको एउट क्षेत्रको उम्मेदवारमा सिफारिस भएका हुन् ।
समानुपातिकतर्फ तारा घर्तीमगरको नाम सिफारिस भएको छ। यस्तै, प्रदेश (क) निर्वाचन क्षेत्रमा गुणेन्द्र घर्तीमगर र जोखबहादुर महरा तथा प्रदेश (ख) मा कुलप्रसाद केसी र दीपेन्द्र कुमार पुनमगर सिफारिस भएका छन्।





प्रतिक्रिया