काठमाडौं – प्रतिवेदनलाई अन्तिमरुप दिन सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक बस्दै छ । बैठक बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान नौ बजे बस्न लागेको हो ।
बैठकमा प्रतिवेदनलाई अन्मिरुप दिएर आज नै शीर्ष नेताहरूलाई बुझाउने कार्यदलको तयारी रहेको छ । बुधबार साँझ बालुवाटारमा बसेको बैठकले प्रतिवेदन तयार गरिसकेको सरकारका प्रवक्तासमेत रहेका कार्यदल सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।
पाँच दलीय सत्ता गठबन्धनबीच मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनमा तालेमेल गर्ने सहमति भएअनुसार सिट बाँडफाँटसहितका विषयमा सहमति जुटाउन गत २० साउनमा कार्यदल गठन गरिएको थियो ।





प्रतिक्रिया