नेपाल भलिबल संघ ९एनभिए० को अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित हुनुभएको छ। बिहिवार बिहान सकिएको मतगणनामा चन्दले निरोज मास्केलाई पराजित गर्दै अध्यक्ष पदका निर्वाचित हुनुभएको हो। निर्वाचनमा चन्द समूहनै विजयी भएको छ ।
निर्वाचनमा कुल १ सय २८ मत खसेकोमा चन्दले ७६ मत ल्याउनुभयो भने पराजित मास्केले ५० मत प्राप्त गर्नुभयो । यस्तै, महासचिव पदमा चन्द समूहकै रोशनकुमार श्रेष्ठ निर्वाचित हुनुभयो । श्रेष्ठले ८५ मत ल्याउनु भयो भने उहाँका प्रतिद्वन्दी मनवीर छन्त्यालले ३९ मत पाउनुभयो ।
प्रतिक्रिया