अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुखमा भोट हाल्न पाउनुपर्ने माग गर्दै १३ जिल्लाका सभापतिले बुझाए देउवालाई ज्ञापनपत्र

रुखमा भोट हाल्न पाउनुपर्ने माग गर्दै १३ जिल्लाका सभापतिले बुझाए देउवालाई ज्ञापनपत्र


काठमाडौँ – नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले रूखमा भोट हाल्न पाउनुपर्ने माग गर्दै सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन्। 

बागमती प्रदेशका १३ जिल्लाका जिल्ला सभापतिका तर्फबाट धादिङका सभापति रामनाथ अधिकारीले ज्ञापन पत्र बुझाउनुभएको हो ।

ज्ञापन पत्रमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरू रूख चिन्हमा भोट हाल्न पाउनुपर्ने माग गरिएको छ ।

सिट बाँडफाँडको अन्तिम टुंगो लगाउने तयारी भइरहेका बेला जिल्ला सभापतिहरूले रूख भन्दा अन्यत्र भोट माग्न समस्या हुने चन्दै देउवालाई ज्ञापन पत्र बुझाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

उनीहरुले कांग्रेस एक्लै चुनाव लड्नुपर्ने माग गरेका छन् । आफुहर  रूख भन्दा अन्यत्र भोट माग्न र हाल्न नसक्ने जानकारी उनीहरुले देउवालाई गरेका हुन् । ज्ञापनपत्र बुझ्दै सभापति देउवाले भइहाल्छ भन्नुहुँदै जवाफ दिनुभएको थियो ।