अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डका स्वकीय सचिव मल्ल सल्यानबाट सिफारिस

प्रचण्डका स्वकीय सचिव मल्ल सल्यानबाट सिफारिस


काठमाडौं – नेकपा माओवादी केन्द्रले सल्यानबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्ललाई प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस गरेको छ ।

पार्टी जिल्ला समन्वय समितिको बुधबारको बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिस गरी प्रदेश समितिमा पठाएको हो ।

मल्ल अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष पनि हुन् । उनीसँगै टेकबहादुर बस्नेत पनि सिफारिसमा परेका छन् । संघको समानुपातिकमा कमल विक, दिलमाया बुढामगर र रत्नबहादुर वलीलाई सिफारिस गरिएको छ ।

प्रदेशसभा ‘क’ को प्रत्यक्षमा भीमप्रकाश शर्मा र ‘ख’ मा चित्रबहादुर केसीलाई सिफारिस गरिएको छ । प्रदेशसभाको दुवै क्षेत्रबाट समानुपातिकमा ९ जनाको नाम पठाइएको छ ।