अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस रामराम भन्ने अवस्थामा आइसक्यो : पूर्वराष्ट्रपति यादव

कांग्रेस रामराम भन्ने अवस्थामा आइसक्यो : पूर्वराष्ट्रपति यादव


काठमाडौं – पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसले जनतामाझ जान पनि दल दलसँग अंशवण्डा गरिरहेको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ ।

आज काठमाडौंमा भएको बीपी साहित्य एवं बीपी सेनानी सम्मान कार्यक्रममा पूर्व राष्ट्रपति डा.यादवले अहिले टिकट किन्नेलाई काँग्रेसी भन्ने गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘तपाईंहरुले सुन्नुभएको होला, समानुपातिकमा टिकट बिक्री भएको छ । वार्डको टिकट बिक्री भएको छ, पालिकाको टिकट बिक्री भएको छ । कांग्रेसको बारेमा राम, राम भन्ने बेला भइसकेको छ ।’

कांग्रेसमा विधि, आदर्शबारे कुरा हुन छाडेको र कांग्रेसका नेता कार्यकर्तामा बीपीको एक गुण पनि नरहेको उहाँले बताउनु भयो। उहाँले भन्नुभयो, कांग्रेसीमा त हुनैपर्ने हो, हामी कोहीमा छैन ।’

बीपीको जेल डायरी, बीपीको आत्मवृत्तान्त, राजनीतिबारे बिपीले बोलेका विषयहरु पढ्नले फुर्सद कांग्रेसीलाई नरहेको उहाँले बताउनु भयो ।