अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट


काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलब १३ अङ्कले ओरालो लागेर एक हजार ९३७ दशमलब ७४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ५४ अङ्कले ओरालो लागेर ३७६ दशमलब ८४ मा सीमित भएको छ ।

कूल २२७ कम्पनीको ३४ लाख एक हजार ६९२ कित्ता शेयर रु एक अर्ब चार करोड ४३ लाख ७९ हजार छ सय मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूह मध्ये आज सात उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने छ उपसमूहको शेयर मूल्य उकालो लागेको छ ।

नेप्सेका अनुसार बैंकिङ चार दशमलब शून्य छ, व्यापार १७ दशमलब ५९, उत्पादन १३, अन्य १८ दशमलब ८५, लघुवित्त एक दशमलब ५५, जीवन बीमा २४ दशमलब ८२, नागरिक लगानी कोष शून्य दशमलब १३ अङ्कले ओरालो लागेको छ ।

यस्तै होटल तथा पर्यटन १० दशमलब ९७, विकास बैंक ३७ दशमलब १३, जलविद्युत् १३ दशमलब ७८, वित्त २२ दशमलब दुई र निर्जीवन बीमा एक दशमलब ७१ र लगानी शून्य दशमलब शून्य दुई अङ्कले उकालो लागेको छ । नेप्सेका अनुसार बिहिबारको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब ७९ अर्ब ४८ करोड ५७ लाख ६५ हजार पाँच सय एक बराबर रहेको छ ।

नेप्सेका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु.१३ करोड १० लाख ४५ हजार ३६५ बराबरको कारोबार भयो । रिडी पावर कम्पनी रु.चार करोड ४४ लाख ८१ हजार ४१९, नबिल बैंक रु तीन करोड ३५ लाख पाँच हजार ६७८, प्राइम बैंक रु दुई करोड ९३ लाख १० हजार ७५४ र एशियन लाइफ इन्स्योरेन्स रु दुई करोड ७८ लाख ८४ हजार ९९४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार ग्लोबल आइएमई लघुवित्त चार दशमलब ४९, मल्टीप्रपोज फाइनान्स कम्पनी चार दशमलब शुन्य नौ, ग्लोबल आइएमई बैंकको ऋणपत्र तीन दशमलब ९७, छ्याङदी हाइड्रोपावर तीन दशमलब ९० र बिन्दबासिनी हाइड्रोपावरका लगानीकर्ताले तीन दशमलब ७० प्रतिशतले कमाएका छन् ।

यस्तै,सामुदायिक लघुवित्त छ दशमलब ४९, अप्पर हेवाखोला पाँच दशमलब ५६, प्राइम बैंकको ऋणपत्र चार दशमलब ६०, एनएमबी हाइब्रिड फण्ड एक तीन दशमलब ६१ र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले दुई दशमलब ७५ प्रतिशतले गुमाएका छन् ।