अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा-५ मा माओवादीबाट रञ्जित तामाङसहित चारजना सिफारिस

झापा-५ मा माओवादीबाट रञ्जित तामाङसहित चारजना सिफारिस


झापा – नेकपा माओवादी केन्द्रले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट पाँच जना सिफारिस भएका छन् । 

प्रादेशिक निर्वाचन परिचालन कमिटी झापा क्षेत्र नम्बर ५ को बैठकले प्रतिनिधि र प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक तर्फका चार–चार जना उम्मेदवारहरु सिफारिस गरेको हो ।

प्रत्यक्ष तर्फ झापा क्षेत्र नम्बर ५ मा रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, गगन पुरी र रमेश गुरागाईं सिफारिसमा परेका छन् । तामाङ र बस्नेत माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । पुरी प्रदेश समितिको कोषाध्यक्ष र गुरागाईं सदस्य हुन्।

यसैगरी प्रतिनिधि सभामा समानुपातिकतर्फ सन्तोष गौतम, राधिका ओझा, गणेशमान धिमाल र नरेन्द्र सावाँको नाम सिफारिस गरिएको छ ।

प्रदेश सभामा क्षेत्र नम्बर ५ (क) का लागि प्रत्यक्ष तर्फ रञ्जित तामाङ, सिताराम अधिकारी, माधव भट्टराई तथा समानुपातिक तर्फ हुकुम सिंह नेपाली र अनिसा झागर सिफारिसमा परेका छन् ।

क्षेत्र नम्बर ५ (ख) का लागि प्रत्यक्ष तर्फ गगन पुरी, वीरेन्द्र बस्नेत, वेदु गौतम र डम्बर पुलामी कर्मालाई सिफारिस गरिएको छ ।