काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथिको प्रहार जनयुद्धदेखि अहिलेसम्म नरोकिएको बताउनु भएको छ ।
महासचिव चयनमा असन्तुष्टि जनाउँदै हिजो अखिल क्रान्तिकारीको कार्यक्रममा जनार्दन शर्माले प्रचण्डको आलोचना गरेको भोलिपल्ट उहाँको यो अभिव्यक्ति आएको हो ।
आज काठमाडौंमा सहिद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा प्रतिक्रियावादीसँगको संघर्षकै कारण माओवादी र आफूमाथिको प्रहार नरोकिएको बताउनुभएको हो ।
माओवादीलाई अस्थिरताको कारक देखाएर प्रचण्डलाई सिध्याउनुपर्छ भन्नेहरू सक्रिय रहेको अध्यक्ष प्रचण्डको दाबी छ । उहाँले भन्नुभयो, ‘जनयुद्धपछिको सम्झौता तात्कालिक आवश्यकता हो । बाँकी रहेका एजेण्डा पूरा गर्नका लागि म निरन्तर संघर्षमा छु ।’





प्रतिक्रिया